तीन दिनसम्म चलेकाे बैठकले प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषण गर्नुपर्ने, बहुभाषिक विश्वविद्यालयको स्थापना गर्नुपर्ने, मातृभाषा शिक्षा नीति लागु गर्नुपर्ने, संघका संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने, जननायक रामप्रसाद राईलाईै राष्ट्रिय विभुति घोषण गर्नुपर्ने, शिक्षामा व्यापारीकरण अन्त्य गर्नुपर्ने, सबै तहको सरकारमा हुँदै आएको भ्रष्ट र कमिसन बन्द गर्नुपर्ने लगायतका माग राखेकाे छ ।

advertisement

अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ । काेराेनाकाे मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन् । १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ। शुक्रबार प्रिया ट्रेडर्सले एक सय १० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेकाे छ ।

बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी व्यापारीहरूले कालाेबजारी गर्ने गरेकाे पाइन्छ । सरकारले कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रयास गर्दै आए पनि पूर्ण रूपमा सफलता हात पार्न सकेको छैन।

" /> किरावि संघको माग- कोरोनाकाे आतंक फैलाएर कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ - Sarbocha Media

किरावि संघको माग- कोरोनाकाे आतंक फैलाएर कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ

`

     २०७६ चैत्र ०४ गते ३:२९

काठमाडाैं, ४ चैत्र । किरात राई विद्यार्थी (किरावि)संघले कोरोना भाइरस अर्थात् काेभिड-१९ काे आतंक फैलाएर कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेकाे छ ।

धरानस्थित किरात राई यायोक्खाको कार्यलयमा बसेकाे किरावि संघको केन्द्रीय समिति/परिषद बैठकले १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै उक्त माग गरेकाे हाे । किरावि संघले काेराेनाबाट बच्नकाे लागि सबैलाई सतर्कता अपनाउन पनि अनुराेध गरेकाे छ ।

तीन दिनसम्म चलेकाे बैठकले प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषण गर्नुपर्ने, बहुभाषिक विश्वविद्यालयको स्थापना गर्नुपर्ने, मातृभाषा शिक्षा नीति लागु गर्नुपर्ने, संघका संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने, जननायक रामप्रसाद राईलाईै राष्ट्रिय विभुति घोषण गर्नुपर्ने, शिक्षामा व्यापारीकरण अन्त्य गर्नुपर्ने, सबै तहको सरकारमा हुँदै आएको भ्रष्ट र कमिसन बन्द गर्नुपर्ने लगायतका माग राखेकाे छ ।

advertisement

अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ । काेराेनाकाे मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन् । १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ। शुक्रबार प्रिया ट्रेडर्सले एक सय १० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेकाे छ ।

बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी व्यापारीहरूले कालाेबजारी गर्ने गरेकाे पाइन्छ । सरकारले कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रयास गर्दै आए पनि पूर्ण रूपमा सफलता हात पार्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?