बुटवल, ४ चैत । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जना प्रहरीको फन्दामा परेका छन् । प्रहरीले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार जुवा खेलिरहेका उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत बरामद गरेको छ । नियन्त्रणमा लिएका ५ जुवाडेमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।




