advertisement

‘बरामद मास्कहरूको हालको बजार मूल्यअनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई’, महान्यायाधिवक्ताको निर्देशन नम्बर २ मा छ, ‘सो रकम प्रहरीको धरौटी खातामा राखी उक्त मास्कहरू सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब बिक्रीवितरण गर्ने व्यवस्था मिलाउने ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> जफत गरिएका मास्क बाँडिदिनू : महान्यायाधिवक्ता - Sarbocha Media

जफत गरिएका मास्क बाँडिदिनू : महान्यायाधिवक्ता

`

     २०७६ चैत्र ०४ गते १:२१

काठमाडौं, ४ चैत । कोरोना भाइरस (कोविड–१९)बाट जोगिन मास्क प्रयोग अनिवार्य बनेको छ । कतिपय व्यापारीले भने बजारमा यसको कृत्रिम अभाव सिर्जना गराएका छन् । त्यसपछि प्रहरीले छापा मार्दा गोदाममा ठूलो परिमाणमा मास्क लुकाएको भेटियो । त्यस क्रममा जफत गरिएका मास्क के गर्ने त रु प्रहरीलाई तनाव भयो ।

एकातिर बजारमा चरम अभाव, अर्कातिर बरामद सामान बिग्रिने डर । प्रहरीको स्टोरमा थन्किँदा पनि सर्वसाधारण प्रयोग गर्नबाट वञ्चित हुने चिन्ता । अदालतमा दशीका रूपमा पेस गरौं भने पनि प्रयोग गर्ने म्यादै गुज्रिने । अब भने प्रहरी यस्तो तनावबाट मुक्त भएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले समस्याको गाँठो फुकाइदिएका छन् ।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीलाई मास्क नबिग्रिँदै बाँडिदिन निर्देशन दिएका हुन् । त्यसको मूल्य, नमुनासहितको अभिलेख र फोटोसहितको डिजिटल प्रमाण अनुसन्धान मिसिलमा भने राख्नुपर्नेछ । महान्यायाधिवक्ताले आईजीपीसहितका प्रहरी अधिकृतलाई लिखित रूपमै तीनबुँदे निर्देशन दिएका छन् । उनले सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखेर मास्क वितरण गर्न भनेका छन् । वितरणपूर्व मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्ने सर्त छ ।

advertisement

‘बरामद मास्कहरूको हालको बजार मूल्यअनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई’, महान्यायाधिवक्ताको निर्देशन नम्बर २ मा छ, ‘सो रकम प्रहरीको धरौटी खातामा राखी उक्त मास्कहरू सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब बिक्रीवितरण गर्ने व्यवस्था मिलाउने ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?