वि.सं.२०७६ साल चैत्र ०४ । मंगलबार । ईश्वी सन् २०२० मार्च १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– अष्टमी,०५ घडी ०९ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त नवमी । नक्षत्र– मूल,२५ घडी ४६ पला,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्यातिपात,२६ घडी ४९ पला,बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– कौलव,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०७ बजेर ५६ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५८ पला । भौमाष्टमी । शीतलाष्टमी । वासेरा (दूदूच्याँच्याँ) ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यावसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । तरपनि यात्रा तथा पर्यटकिय व्यावसायमा मन्दी आउँनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : व्यावसायमा लगानि बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । विवाद प्रतिष्पर्धामा विपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : लामो समयदेखि थाति रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाई लेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढि मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : उद्योग तथा व्यापारमा लगानि गरी मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाईमा भनेजस्तो नतिला हात पार्न सकिने हुदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुुटुम्ब,आफन्त तथा नजिकका मानिस सँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : नयाँ कामको खोजि गर्नेहरुले नोकरिमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले समयको सुक्ष्म व्याबस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नयाँ प्रविधिको प्रयोग गरि व्यापारलाई विश्तार गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : व्यावसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यात्तिहरुको भेटघाटले व्यावसायमा लगानि बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : सरकारि तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारि सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउँने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउँन सकिनेछ । सत्रु परास्त हुँनेछने भने विद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ
।




