advertisement

प्रधानमन्त्री ओली शनिवारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएको छ ।  ‘उहाँ पुरानै लयमा फर्कँदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ’  सल्लाहकार थापाले भने । याे खबर राजधानी दैनिकमा छ ।

" /> प्रधानमन्त्री ओली पुरानै लयमा फर्कँदै हुनुहुन्छ : प्रेस सल्लाहकार सूर्य थापा - Sarbocha Media

प्रधानमन्त्री ओली पुरानै लयमा फर्कँदै हुनुहुन्छ : प्रेस सल्लाहकार सूर्य थापा

`

     २०७६ चैत्र ०३ गते २:१६

काठमाडौं, ३ चैत । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ ।

शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए । आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुबीच भएको भिडयो कन्फेरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे । १९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् ।

advertisement

प्रधानमन्त्री ओली शनिवारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएको छ ।  ‘उहाँ पुरानै लयमा फर्कँदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ’  सल्लाहकार थापाले भने । याे खबर राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?