काठमाडौं, ३ चैत । कतारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ।
त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो। उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

क्वारन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरका छन्। यो समाचार आजको कन्तिपुर दैनिकले छापेको छ ।




