advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरूलाई त्रास फैलाएर एसइइ परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिनुभयो । यो खबर गोरखापत्रमा छ ।

" /> कोरानाका कारण एसइइ रोक्नु पर्ने अबस्था छैन - Sarbocha Media

कोरानाका कारण एसइइ रोक्नु पर्ने अबस्था छैन

`

     २०७६ चैत्र ०२ गते १:०२

कठमाडौं,चैत २ । कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसइइ परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ ।

कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नु पर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अविभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरू भनाई रहेको छ ।

परीक्षा रोक्ने , विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यतावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसइइ रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन हुनुपर्ने बताइएको छ ।

advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरूलाई त्रास फैलाएर एसइइ परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिनुभयो । यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?