advertisement

विभागले विगतमा चैतदेखि आरोहणका लागि अनुमतिपत्र खुला गरेको थियो । सरकारको पछिल्लो निर्णयले सगरमाथासहित अन्य डेढ दर्जन बढी हिमालको आरोहण करिब स्थगित हुने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

" /> सगरमाथामा मुख्य सिजनकै आरोहण स्थगित - Sarbocha Media

सगरमाथामा मुख्य सिजनकै आरोहण स्थगित

`

     २०७६ चैत्र ०१ गते ३:१४

काठमाडौँ, १ चैत । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएको छ । नेपालको पर्यटकीय गतिविधिमध्ये सबैभन्दा चर्चित र आम्दानीका हिसाबले प्रमुख स्रोतका रूपमा रहेको पर्वतरोहण यसपटक नहुने भएको छ । बिहीबार बसेको उच्च स्तरीय समितिले सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय गरेपछि आरोहण प्रभावित बन्ने भएको छ हो ।

वसन्त ऋतु नेपालमा पर्वतारोहणका लागि मुख्य सिजन मानिन्छ । खासगरी अप्रिलको मध्यदेखि मेको अन्तिम सातासम्म नेपालका हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आरोहीहरू यसै समयलाई प्रतीक्षा गर्ने गर्छन् । गत वैशाख २९ गते वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण भएकोमा यस वर्ष आरोहणको सम्भावना कमजोर बनेको छ ।

पर्यटन विभागले सन् २०१९ मा अहिलेसम्मकै धेरै अर्थात् ३७९ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको थियो । त्यसमध्ये ३६६ जना विदेशी नागरिक र १३ जना नेपालीले अनुमति लिएका थिए । सगरमाथा आरोहण अनुमतिबापत सरकारले ४४ करोड रुपियाँ रोयल्टीबापत प्राप्त गरेको थियो ।

वसन्तु ऋतुमा सगरमाथाबाहेक ल्होत्से, मकालु, कञ्चनजङ्घा, अन्नपूर्ण प्रथम पनि आरोहीको मुख्य आरोहण गन्तव्यमा पर्छन् । आमादब्लम, अरनिको चुली, बरुन्त्से, भृकुटी, चाम्लाङ, छोपाबामरे, छोबुजे, धौलागिरि, ग्याल्जेन पिक, हिमजुङ, हिमलुङ, काङ्गबचेन, कुम्भकर्ण, लाङटाङ लिरुङ, लाचम चुली, मनासे, मुकोट हिमाल, नुप्त्से, पासाङ ल्हामु, पुमोरी, पुथा हिउँचुली, रत्नचुली, सरिबुङ, थापा पिक, थोराङ पिकलगायत हिमाल आरोहणका लागि यस सिजनमा विभागले अनुमतिपत्र जारी गर्छ ।

advertisement

विभागले विगतमा चैतदेखि आरोहणका लागि अनुमतिपत्र खुला गरेको थियो । सरकारको पछिल्लो निर्णयले सगरमाथासहित अन्य डेढ दर्जन बढी हिमालको आरोहण करिब स्थगित हुने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?