advertisement

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार समर्पितले ५८ जनामा डेंगु संक्रमण भएको जनाएको थियो । तर, त्यहाँ स्वास्थ्य परीक्षण गराएका कुनै पनि बिरामीलाई अन्य अस्पतालमा जचाउँदा संक्रमण नभएको पाइएको थियो । उसले स्वास्थ्य परीक्षणबापत ८ सयदेखि हजार रुपैयाँसम्म असुलेको थियो ।

‘समर्पित अस्पतालले उपचार गर्न आएका सबै बिरामीलाई डेंगु लागेको भनेर अफवाह फैलायो’, स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा टेक्निसियन निरीक्षक तेजबहादुर तुम्बापोले भने, ‘समर्पितले अफवाह फैलाएर डेंगु परीक्षण भन्दै ज्वरोका बिरामीबाट चर्को शुल्क लिएको छ ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा भीमकुमार बाँस्कोटाले लेखिएका छन् ।

" /> अस्पतालको बदमासी : बिरामी बनाउँदै, उपचार गर्दै - Sarbocha Media

अस्पतालको बदमासी : बिरामी बनाउँदै, उपचार गर्दै

`

     २०७६ चैत्र ०१ गते १:०१

पाँचथर, ०१ चैत। पाँचथर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मित्रप्रसाद काफ्लेलाई भदौ ६ गते ज्वरो आयो । फिदिमस्थित समर्पित अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेंगु संक्रमण भएको देखियो । त्यसप्रति विश्वास नभएपछि उनी जिल्ला अस्पताल गए । पुनः स्वास्थ्य परीक्षण गराउँदा डेंगु नभएको पुष्टि भयो । समर्पितका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले काफ्लेलाई बोलाएर किटले धोका दिएको बताएका थिए ।

फिदिम नगरपालिका–१ का रोशन श्रेष्ठलाई साउन ८ गते ज्वरो आयो । उनलाई पनि डेंगु लागेको समर्पित अस्पतालले जनायो । समर्पितको स्वास्थ्य रिपोर्टप्रति विश्वास नलागेपछि श्रेष्ठ पनि अर्को अस्पताल गए । त्यहाँ उनलाई डेंगु नभएको पुष्टि भयो ।

advertisement

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार समर्पितले ५८ जनामा डेंगु संक्रमण भएको जनाएको थियो । तर, त्यहाँ स्वास्थ्य परीक्षण गराएका कुनै पनि बिरामीलाई अन्य अस्पतालमा जचाउँदा संक्रमण नभएको पाइएको थियो । उसले स्वास्थ्य परीक्षणबापत ८ सयदेखि हजार रुपैयाँसम्म असुलेको थियो ।

‘समर्पित अस्पतालले उपचार गर्न आएका सबै बिरामीलाई डेंगु लागेको भनेर अफवाह फैलायो’, स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा टेक्निसियन निरीक्षक तेजबहादुर तुम्बापोले भने, ‘समर्पितले अफवाह फैलाएर डेंगु परीक्षण भन्दै ज्वरोका बिरामीबाट चर्को शुल्क लिएको छ ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा भीमकुमार बाँस्कोटाले लेखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?