advertisement

विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । जसमा पराग्वेको राष्ट्रियता उल्लेख गरिएको पासपोर्ट फेला परेको थियो ।

हाल जेलमा रहेका रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने भएका छन् । यस्तै मेस्सीले रोनाल्डिन्होको मुद्दा लड्न वकिल मगाउने भएका छन् ।

मेस्सी र रोनाल्डिन्होले ४ वर्ष एकसाथ खेलेका थिए । विश्वकप विजेता उनले २००३ देखि २००८ सम्म क्याप नोउमा रहेर खेलेका थिए ।

" /> रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो सहयाेग गर्ने - Sarbocha Media

रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो सहयाेग गर्ने

`

     २०७६ फाल्गुन ३० गते ८:१८

एजेन्सी, ३० फागुन । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट निकाल्नका लागि सहयोग गर्ने भएका छन् । नक्कली पासपोर्ट प्रकरणमा हाल पाराग्वे जेलमा रहेका रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्चिने भएका हुन् ।

केही दिनयता रोनाल्डिन्होले जेल जीवन बिताइरहेका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टोसँग नक्कली पासपोर्ट प्रयोग गरी पासपोर्ट बनाएको आरोपमा पक्राउ परेका थिए ।

पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ रोबर्टो नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरूको दाबी छ । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट केही समयअघि पाराग्वे पुगेका थिए ।

advertisement

विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । जसमा पराग्वेको राष्ट्रियता उल्लेख गरिएको पासपोर्ट फेला परेको थियो ।

हाल जेलमा रहेका रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने भएका छन् । यस्तै मेस्सीले रोनाल्डिन्होको मुद्दा लड्न वकिल मगाउने भएका छन् ।

मेस्सी र रोनाल्डिन्होले ४ वर्ष एकसाथ खेलेका थिए । विश्वकप विजेता उनले २००३ देखि २००८ सम्म क्याप नोउमा रहेर खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?