प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

`

     २०७६ फाल्गुन २८ गते ११:३१

काठमाडाैं, २८ फागुन । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छन् । २१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी नाता पर्ने उनी पनि मिर्गौला दानपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूको विशेष निगरानीमा थिइन् ।

उनकाे स्वास्थ्य सामान्य बन्दै गएपछि बुधबार दिउँसो चिकित्सकहरुले सङ्ग्रौलालाई डिस्चार्ज दिएकाे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले नयाँ पत्रिकालाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?