तर, खेलको ८१औँ मिनेटमा सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । जसमा, मेस्सीले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

यस गोलसँगै उनले युरोपका शीर्ष लिगमा सर्वाधिक धेरै ४ सय ३८ गोल गरेका छन् । ३२ वर्षीय मेस्सीले ४ सय ७४ खेल खेलेका छन् । यता, ३५ वर्षीय रोनाल्डोले भने ५ सय ४० खेलबाट ४३७ गोल गरेका छन् ।

" /> ६६ खेल कम खेल खेलेका मेस्सीले सर्वाधिक गोलकर्तामा रोनाल्डोलाई उछिने - Sarbocha Media

६६ खेल कम खेल खेलेका मेस्सीले सर्वाधिक गोलकर्तामा रोनाल्डोलाई उछिने

`

     २०७६ फाल्गुन २५ गते ११:५९

एजेन्सी, २५ फागुन । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना खास प्रतिद्वन्द्वी तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

शनिबार राति ला लिगाअन्तर्गत रियल सोसिडाडविरुद्ध एक गोल गरेका मेस्सीले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका छन् ।

यसअघि पोर्चुगिज स्टार रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी थिए । तर, रियल सोसिडाडविरुद्ध गोल गर्दै मेस्सीले रोनाल्डोलाई एक गोलले उछिने ।

रियल सोसिडाडसविरुद्ध १–० गोलको साँघरो जित निकाल्दा मेस्सीले निर्णायक गोल गरेका थिए । बार्सिलोनाको मैदान क्याप नोउमा भएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, खेलको ८१औँ मिनेटमा सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । जसमा, मेस्सीले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

यस गोलसँगै उनले युरोपका शीर्ष लिगमा सर्वाधिक धेरै ४ सय ३८ गोल गरेका छन् । ३२ वर्षीय मेस्सीले ४ सय ७४ खेल खेलेका छन् । यता, ३५ वर्षीय रोनाल्डोले भने ५ सय ४० खेलबाट ४३७ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?