advertisement

उनको शपथ ग्रहण बुधबार ४ बजे तोकिएको छ। संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्थाअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। तर पुनः राष्ट्रियसभा सदस्यका लागि सिफारिस हुन नसकेमा भने ६ महिनापछि उनको मन्त्री पद गुम्नेछ।

संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ तर मन्त्रीले शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ।’

" /> डा खतिवडा फेरि अर्थमन्त्री नियुक्त, ४ बजे सपथ ग्रहण - Sarbocha Media

डा खतिवडा फेरि अर्थमन्त्री नियुक्त, ४ बजे सपथ ग्रहण

`

     २०७६ फाल्गुन २१ गते ५:४६

काठमाडौं, २१ फागुन । अर्थमन्त्रीमा डा युवराज खतिवडा पुनः नियुक्त भएका छन्। मंगलबार पदबाट राजीनामा दिएका उनी बुधबार पुनः अथमन्त्रीमा नियुक्त भएका हुन्। उनले मंगलबार स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि राजीनामा दिएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी तोकेकी हुन्। ती मन्त्रालय खतिवडाले नै सम्हाल्दै आएका थिए।

advertisement

उनको शपथ ग्रहण बुधबार ४ बजे तोकिएको छ। संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्थाअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। तर पुनः राष्ट्रियसभा सदस्यका लागि सिफारिस हुन नसकेमा भने ६ महिनापछि उनको मन्त्री पद गुम्नेछ।

संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ तर मन्त्रीले शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?