advertisement
" /> टेकु अस्पतालमा भर्ना भएका चारै जनामा कोरोना नभएकाे पुष्टि - Sarbocha Media

टेकु अस्पतालमा भर्ना भएका चारै जनामा कोरोना नभएकाे पुष्टि

`

     २०७६ फाल्गुन २० गते १२:३९

काठमाडाैं, २० फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार करिब ३ बजे तीन जना नेपाली र एक चिनियाँ कोरोना संक्रमणको आशंकामा टेकुमा भर्ना भएका थिए ।

भर्ना भएका तीन जना नेपाली दक्षिण कोरियाबाट आएका हुन् भने चिनियाँ नागरिक चीनको ट्रान्जिट हुँदै आएका थिए । अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले ती चारै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको बताएका हुन् ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?