बैतडी, १४ फागुन । बैतडीमा विद्यालयले विद्यार्थीहरुलाई दिवा खाजामा गाउँमै उत्पादन हुने अर्ग्यानिक खानेकुरा दिन थालेका छन् ।
विद्यालयमा दिवा खाजाका लागि बैतडीकै खेतबारीमानै उव्जाउ हुने खानेकुरा कोदो, घिउ, हरियो साग, सिस्नोको साग, उसिनेको आलु, पीँडालु, अण्डा, दाल र गेडागुडी र फलफुल खुवाउने दैनिक सूची नै तयार गरिसकेकाे बताइएकाे छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा विद्यालयले विद्यार्थीहरुको खाजाको सूची यसरी तयार पारिएकाे छ ।
आइतबार अण्डा, हरियो साग, घिउ र चामल
सोमबार पुरी, आलुको तरकारी र हरियो साग
मंगलबार भिजाएको भट्मास र हरियो साग
बुधबार उसिनेको आलु वा पीँडालु र गेडागुडी, बिहीबार उसिनेको मकैं, तरकारी र हरियो साग
शुक्रबार स्थानीय फलफुल र गेडागुडी

दोगडाकेदारको चनै आधारभूत विद्यालयको दिवा खाजामा एक दिन सिस्नुको झानेको साग र मकैको ढिडो खुवाईरहेको विद्यालयले जनाइएकाे छ ।




