नयाँ दिल्ली, १४ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन्। उनले भारत र अमेरिकाबीचको सहयोग समान लोकतान्त्रिक मूल्य र उद्देश्यमा आधारित रहेको स्पष्ट पारे।

‘हामी दुवै मुलुक विश्वमा कनेक्टिभिटी र पूर्वाधार विकासमा दिगो तथा पारदर्शी वित्तीय लगानीका लागि सहमत छौं। हाम्रो आपसी तालमेल दुई मुलुकका लागि मात्र नभएर विश्वकै हितमा छ,’, मोदीले भने। चीनले सन् २०१३ मा ल्याएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० रणनीतिमा भारतको समर्थन नभएको अवस्थामा मोदीले अमेरिकालाई आईपीएसमा खुला साथ दिएका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।




