वि.सं.२०७६ साल फाल्गुन १३ । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– द्वितीया,४३ घडी १७ पला,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा,२८ घडी १४ पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– सिद्ध,०३ घडी १८ पला,बिहान ०७ बजेर ५४ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान १० बजेर ५१ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ,मध्यान्ह ११ बजेर १५ मिनेट उप्रान्त मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३२ पला । पञ्चक। चन्द्र उदय । विश्व कुष्ठरोग विरुद्धको दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुसि हुनेछन् । नया प्रेम प्रस्ताब आउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : नोकरिमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुदा तपाईलाई बिश्वास गरि थप कार्यभार सुम्पनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नया प्रकृतिको कामगरि मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । महंंगा तथ बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरिरमा आउँनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पराक्रम बढेर जानेछ भने उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययन तथा प्रतिष्पर्धामा तपाईको नाम एकक कदम अगाडि आउनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अनुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानि हुने हुनादे आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको बाताबरण सिर्जना हुनेछ । बिहानको समयमा लामो दुरिको यात्रा गर्न सकिनेछ ।




