पर्वत, १३ फागुन । पर्वतको कुस्मा नगरपालिका–६ शिवालयचोकस्थितमा जुवा खेलिरहेका तीन महिलासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतकाका अनुसार क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेका ६ जनालाई सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका उनीहरुको साथबाट ७६ हजार ९ सय ६५ सय रुपैयाँ नगद बरामद गरेको जनाइएको छ। नियन्त्रणमा लिएका उनीहरु कुस्मा नगरपालिका ४ का पवन गुरुङ र सुन कुमारी गुरुङ, वडा नं। ५ का कुशा गुरुङ, वडा नं। ६ का धर्मराज गुरुङ र शान्ति गुरुङ तथा वडा नं। ९ का गोविन्द अधिकारी रहेका छन् ।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




