सिन्धुली १२, फाल्गुन । सिन्धुलीमा गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। विपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका – ७ तल्लोवारामा गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
५० वर्षिय नन्दलाल श्रेष्ठलाई गाडीले ठक्कर दिदाँ ज्यान गएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सोमवार विहान करिव ५ बजेको समयमा गाडीले ठक्कर दिदाँ सोही ठाउँका श्रेष्ठको मृत्यु भएको बताइएको छ । ठक्कर दिने सवारी फरार भएकाे छ । बसको ठक्करबाट विहानदेखि विपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट श्रेष्ठको ज्यान गएपछि स्थानीयले सडक अवरुद्ध गरी बिहानदेखि विपी राजमार्गमा चल्ने कुनै पनि सवारी साधन सञ्चालन हुन नदिएको बताइएको छ।




