सप्तरी, १२ फागुन । सप्तरीमा गएराति २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ।
सप्तरीको सप्तरीको बलान बिहुल गाउँपालिका-५ कोदरकट्टीबाट चोरको समूहले नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी गरेको जनाइएको छ।
भारतीय सीमा जोडिएको सो ठाउँमा रातिको समय आएको चोरको समूहबारे बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएको बताइएको छ ।

चोरीमा संलग्न चोरहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।




