वि.सं.२०७६ साल फाल्गुन १२ । सोमबार । ईश्वी सन् २०२० फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,३८ घडी ०६ पला,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– शतभिषा,२१ घडी ५९ पला,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– शिव,०२ घडी १९ पला,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त सिद्ध । करण– किंस्तुध्न,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान २८ घडी २८ पला । पञ्चक। ग्याल्पो ल्होसार । शिक्षा दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारी सम्पति तथा पितृक सम्पती हात लाग्ने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाई लेखाईमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ । पाहुँना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । विभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुँन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडिक बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिष्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अन्य क्षेत्रमा व्यास्त हुदा पढाई लेखाईमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरिले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा बिलाशि सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यावसायमा लगानि गरेपनि प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धिमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनाबस्यक बिषयमा बिवाद हुने तथा टाडिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । होटल तथा रेष्टुरेन्टको व्यावसायबाट भनेजस्तो आम्दानि भएपनि अन्य व्यावसायमा मन्दि आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रज सँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ ।




