काठमाडौं, ११ फागुन । सरकारले चरम गरिबीको सीमाभित्र रहेको नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै यस्तो घोषणा गरेका हुन् । उनले चरम गरिबीको रेखामुनि रहेको नागरिकलाई सरकारले नै तिरेर बीमा हुने बताएका छन्।

हाल ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुने अर्थमन्त्रीले बताए । तर गरिबीको रेखामुनि रहेकाले सो रकम तिर्नु नपर्ने उनले जनाए ।




