अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

" /> बसकाे ठक्करबाट एक युवककाे ज्यान गयाे - Sarbocha Media

बसकाे ठक्करबाट एक युवककाे ज्यान गयाे

`

     २०७६ फाल्गुन १० गते ६:१३

डडेल्धुरा, १० फागुन । कैलालीमा बसले ठक्कर दिँदा एक युवकको ज्यान गएकोछ।

बसले ठक्कर दिँदा मृत्यु भएका युवक आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्ट रहेको बताइएको छ।

शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आइरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये गम्भीर अवस्थामा रहेका डम्बरको उपचारकै क्रममा मृत्यु भएको छ। बसको ठक्करबाट गम्भीर घाइते डम्बरको कोहपुरमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?