डोटी, ८ फागुन । आदर्श गाउँपालिका र सायल गाउँपालिकामा रहेका दुई वटा डोजरमा अज्ञात समूहले आगजनी गरेको छ ।
अज्ञात समूहले बुधबार राति उक्त दुई वटा डोजरमा आगजनी गरेको हो । जलाइएको एक डोजर गाउँपालिकाको र अर्को डोजर भने स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाडौंबाट भाडामा ल्याएको रहेको जनाइएको छ। जलाइएको डोजर कसले र किन जलाएका हो भन्ने बारेमा खोजी भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्णरुपमा क्षति भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षति भएको छ ।




