advertisement

घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे। याे खबर अन्नपूर्ण दैनिकमा छ ।

" /> खरिपाटीका स्थानीय सञ्चारकर्मीदेखि आक्रोशित - Sarbocha Media

खरिपाटीका स्थानीय सञ्चारकर्मीदेखि आक्रोशित

`

     २०७६ फाल्गुन ०६ गते २:३३

भक्तपुर,६ फागुन । चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले सञ्चारकर्मीले गर्ने प्रश्नले आफूहरूलाई घरमा बस्नै गाह्रो भइसकेको गुनासो गरेका छन्। सञ्चारकर्मीहरूको प्रश्नले तनाव भएको सुनाउँदै उनीहरूले भने, ‘अब तपाईंहरूलाई गाली गर्ने बेला आएको छ। एकदम धेरै भइसक्यो। सहनुको पनि सीमा हुन्छ नि ?’

यहाँका स्थानीय अहिले सञ्चारकर्मीदेखि आक्रोशित हुन थालेका छन्। अब त सञ्चारकर्मीले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन्। युट्युब र अनलाइनका पत्रकारले आफूहरूलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरूको गुनासो थियो। खरिपाटीस्थित क्वारेन्टाइनतर्फ हेरेर आफ्नो गन्तव्यतर्फ जाँदै एक स्थानीय।

‘प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखिएको छ, के तपाईहरूलाई पनि संक्रमण हुन्छ कि ? ’, ती महिलाले भने, ‘यस्तो पनि प्रश्न हुन्छ ? ’

advertisement

घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे। याे खबर अन्नपूर्ण दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?