advertisement

नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन। धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए । एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> सीमा मिच्ने क्रम अझै रोकिएन‚ महाकालीवारि सडक खन्दै भारत - Sarbocha Media

सीमा मिच्ने क्रम अझै रोकिएन‚ महाकालीवारि सडक खन्दै भारत

`

     २०७६ फाल्गुन ०४ गते २:०२

काठमाडौं, ४ फागुन । दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब ३०० मिटर जतिको डोजर जाने सडक बनाएको छ । एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिँदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ ।

advertisement

नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन। धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए । एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?