काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
बुधबार बिहान ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो।




