advertisement

नेपाल लागि पारस खड्काले १२ बलमा २० रन दीपेन्द्रले ९ बलमा ९ रन बनाए। यसअघि अमेरिकाले १२ ओभरमै सबै विकेट गुमाएर ३५ रनमात्र बनाउन सक्यो। अमेरिकाविरुद्ध सन्दीपले ६ र सुशन भारीले ४ विकेट लिएका थिए।

" /> आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट : अमेरिकामाथि नेपालको शानदार जित - Sarbocha Media

आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट : अमेरिकामाथि नेपालको शानदार जित

`

     २०७६ माघ २९ गते ५:५०

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको विजय हासिल गरेको हो। ओपनर ज्ञानेन्द्र मल्ला १ र सुवास खकुरेल शून्यमै आउट भएपछि पारस खड्का र दीपेन्द्र सिंह ऐरीको जोडीले ५.२ ओभरमा ३५ रनको लक्ष्य भेट्टाएको थियो।

advertisement

नेपाल लागि पारस खड्काले १२ बलमा २० रन दीपेन्द्रले ९ बलमा ९ रन बनाए। यसअघि अमेरिकाले १२ ओभरमै सबै विकेट गुमाएर ३५ रनमात्र बनाउन सक्यो। अमेरिकाविरुद्ध सन्दीपले ६ र सुशन भारीले ४ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?