advertisement

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

" /> अमेरिका १२ ओभरमै अलआउट, सन्दीप एक्लैले ६ विकेट लिए - Sarbocha Media

अमेरिका १२ ओभरमै अलआउट, सन्दीप एक्लैले ६ विकेट लिए

`

     २०७६ माघ २९ गते ४:५३

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । टियु मैदानमा जारी खेलमा सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले ।

advertisement

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?