advertisement

यस्तै प्राथमिक उपचार व्यवस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यवस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु रहेकी छन् भने सांसद पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन विशेष समिति निर्माण गरिएको मुल समितिका संयोजक रमेश बरालले बताएका छन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद ,विभागीय विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पर्यटन व्यवसायी, कलाकार, पत्रकार, विदेशी पर्यटक, जिल्लाका विशिष्ट व्यक्ति र विभिन्न पेशा तथा व्यवसायमा आवद्दहरुकोसहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आएका १०० जनाभन्दा बढी विदेशी पर्यटकलाई भ्रमण वर्ष २०२०को सचिवालयसँगको सहकार्यमा विशेष सम्मानका साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाङ्फेले बताए ।

तुम्बाहाङ्फेका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।

" /> नेपाल भ्रमण वर्षलाई प्रवर्धन गर्ने उदेश्यले शिवपुरीमा वृहत हाइकिङ्ग हुँदै - Sarbocha Media

नेपाल भ्रमण वर्षलाई प्रवर्धन गर्ने उदेश्यले शिवपुरीमा वृहत हाइकिङ्ग हुँदै

`

     २०७६ माघ २८ गते १०:१३

काठमाडौं, २८ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले बृहत पदयात्रा (हाइकिङ्ग) कार्यक्रम आयोजना गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइको प्रमुख आतिथ्यतामा पदयात्रा आयोजना गरिन लागिएको हो ।

पदयात्रामा स्वदेशी तथा विदेशीसहित २ हजार भन्दा बढिको सहभागिता रहने सदस्य सचिव चैतन्य तुम्बाहाङ्फेले बताए । कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

जसको सहसंयोजकमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल रहनुभएको छ भने सदस्य सचिवमा चैतन्य तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै पदयात्रा सफल पार्न १३ वटा उपसमिति बनाइएका छन् ।

युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय , योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबा , खानपिन व्यवस्थापनमा हरि थापा, टी सर्ट वितरणमा देउमान विष्ट, सरसफाई संयोजनमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्यवसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा, स्वयंसेवक व्यवस्थापनमा मान थलङ्ग र नामावली दर्ता व्यवस्थापन उपसमितिमा तिलप्रसाद लिम्बु रहेका छन् ।

advertisement

यस्तै प्राथमिक उपचार व्यवस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यवस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु रहेकी छन् भने सांसद पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन विशेष समिति निर्माण गरिएको मुल समितिका संयोजक रमेश बरालले बताएका छन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद ,विभागीय विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पर्यटन व्यवसायी, कलाकार, पत्रकार, विदेशी पर्यटक, जिल्लाका विशिष्ट व्यक्ति र विभिन्न पेशा तथा व्यवसायमा आवद्दहरुकोसहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आएका १०० जनाभन्दा बढी विदेशी पर्यटकलाई भ्रमण वर्ष २०२०को सचिवालयसँगको सहकार्यमा विशेष सम्मानका साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाङ्फेले बताए ।

तुम्बाहाङ्फेका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?