बैतडी, २८ माघ । बैतडीको सिगसा गाउँपालिकाले आज (मंगलबार)सार्वजनिक बिदा दिएको छ । वडा सदस्यको निधन भएको कारण गाउँपालिकाले सार्वजनिक दिएको हो ।
हिजो (सोमबार) बसेको गाँउकार्यपालिकाको बैठकले वडा नं ८की ७० वर्षिया दलित महिला सदस्य एवम कार्यपालिका सदस्य सुर्जामती दमाइको निधन प्रति सोकसभा पारित गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

सुर्जामती निधन श्वासप्रश्वास सम्बन्धी समस्या कारण आइतबार निधन भएको जनाइएको छ । त्यस्तै गाउँपालिकाले मृतक कार्यपालिका सदस्य दमाइको परिवारलाई २५ हजार प्रदान गर्ने निर्णय भएको छ।




