advertisement

मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुमको अगाडि ढोकाछेउमै आत्महत्या गर्छन् । सिसिक्यामेरा फुटेज अनुसार, बिहान १०स्२० देखि १०स्४० बजेसम्म उक्त हत्याकाण्ड भएको हो ।

विगत चार वर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन् । बिहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पुर्याउन गएको वेलामा उक्त घटना भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

" /> पूर्वसचिवकी श्रीमती हत्या प्रकरण : पछाडिबाट डोरी लगाएर लडायो, कपाल समाएर टाउको ठोकायो - Sarbocha Media

पूर्वसचिवकी श्रीमती हत्या प्रकरण : पछाडिबाट डोरी लगाएर लडायो, कपाल समाएर टाउको ठोकायो

`

     २०७६ माघ २८ गते १:०९

ललितपुर, २८ माघ । सोमबार बिहान १० बजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाइरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाए र बल लगाएर उनलाइ भुइँमा लडाए ।

भुइँमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुइँमा ठोक्काउँछन् । करिव पाँच मिनेट लामो यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।

advertisement

मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुमको अगाडि ढोकाछेउमै आत्महत्या गर्छन् । सिसिक्यामेरा फुटेज अनुसार, बिहान १०स्२० देखि १०स्४० बजेसम्म उक्त हत्याकाण्ड भएको हो ।

विगत चार वर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन् । बिहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पुर्याउन गएको वेलामा उक्त घटना भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?