लमही, २७ माघ । राप्तीमा शव राख्ने फ्रिज त्यत्तिकै थन्किदा प्रहरी र अस्पतालका कर्मचारी बेवारिसे शव कुर्न बाध्य भएका छन् ।
बेवारिसे अवस्थामा शवले स्वास्थ्य संस्था नै दुर्गन्धित हुने र शवपरीक्षणमा समेत समस्या हुने अस्पतालले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावका कारण निर्माण रोकिएपछि शव राख्ने फ्रिज थन्किएको प्रतिष्ठानले जनाएको छ । शवगृह सञ्चालनमा ल्याउनको लागि बजेटको व्यवस्था गर्न सरकारसंग माग गरेको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।

शवगृह निर्माण भएमा पाँचदेखि सातजनाको शव राख्न सकिने र गर्मीयाममा शव कुहिने समस्या हट्ने प्रहरीले जनाएको छ ।




