काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानविरुद्ध खेलिरहेको छ ।
टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको सातौं विकेट पतन भएको छ। करण केसी १० रन बनाएर आउट भएका छन्। उनले १६ बलमा एक चौकासहित १० रन बनाएका हुन्। नयाँ ब्याट्सम्यानका रुपमा सन्दीप लामिछाने आएका छन् ।

यो भन्दा अगाडि नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै आरिप शेख २८ रन,
कुशल मल्ल २८ रन, पारस खड्काले ३८ रन, सुवास खकुरेलले २२ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरी भने शून्यमै आउट भएका थिए।
यसैबीच नेपालले ओमानविरुद्धको खेलमा ४७ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै २ सय २२ रन बनाएको छ।




