आईसीसी विश्वकप लिग – २ : आरिफ शेख पनि आउट

`

     २०७६ माघ २६ गते ६:५६

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानविरुद्ध खेलिरहेको छ ।

टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको छैटौं विकेट पतन भएको छ। आरिप शेख २८ रन बनाएर आउट भएका छन्। उनले विनोद भण्डारीसँग ३२ रनको साझेदारी गरेर पेभेलियन फर्किएका छन्।

यो भन्दा अगाडि नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै कुशल मल्ल २८ रन, पारस खड्काले ३८ रन, सुवास खकुरेलले २२ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरी भने शून्यमै आउट भएका थिए।

यसैबीच नेपालले दुई सय रन पूरा गरेको छ। ओमानविरुद्धको खेलमा नेपालले ६ विकेट गुमाउँदै दुई सय रन पूरा गरेको हो। ४३ ओभरको समाप्तिमा नेपालले २ सय १ रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?