काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानविरुद्ध खेलिरहेको छ ।
टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको पाँचौं विकेट झरेको छ। कुशल मल्ल २८ रन बनाएर आउट भएका छन्। उनले २४ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

अमेरिकाविरुद्धको खेलमा भने कुशलले कीर्तिमानी अर्धसतक प्रहार गरेका थिए। यसअघि पारस खड्का र दीपेन्द्र सिंह ऐरी आउट भएका थिए। ज्ञानेन्द्र मल्लले ५६ रन, पारस खड्काले ३८ रन, सुवास खकुरेलले २२ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरी भने शून्यमै आउट भएका थिए।
नेपालले ओमानविरुद्ध ३५ ओभरको खेलमा ५ विकेट गुमाएर १६७ रन बनाएको छ।



