बाँके२६ माघ । बाँकेमा एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका हुन्।
वनभोजपछि सो नदीमा नुहाउने क्रममा कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा बेपत्ता भएको प्रहरीले बताएको छ ।

शनिबार अपराह्न बेपत्ता भएका शर्मालाई हालसम्म फेला पार्न नसकिएको जनाइएको छ। उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।




