सिन्धुली, २६ माघ । सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ, भने १३ घाइते भएका छन्।
ट्र्याक्टर दुर्घटना दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा भएको हो । दुर्घटना पपरी मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामी रहेको प्रहरीले बताएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्र्याक्टर अचानक ब्रेक फेल हुँदा शनिबार भएको दुर्घटनामा ज्यान गएको थियो। दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए। ट्र्याक्टर दुर्घटनमा घाइते उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।




