advertisement

यत्तिकैमा फोटो पत्रकारको संगठन पिजे क्लबको फोटो प्रतियोगिता सुरु भयो। उनले सोचे– यसमै यो बालकको कथा राख्नेछु। तस्बिरले केही जिते त्यही बालकको परिवारलाई दिने सोचका साथ उनी प्रतियोगितामा सामेल भए।

नभन्दै यही तस्बिरले नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि जित्यो। शुक्रबार राजधानीमा आयोजित विजेता घोषणा कार्यक्रममा फोटो पत्रकार नभेषको फोटो फोटो अफ दी इयर ०७६ घोषित भयो। यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> मृत्युअघि हात हल्लाउँदै आमासँग बिदा मागेको दुई वर्षीय बालककाे तस्वीरले पायो अवार्ड - Sarbocha Media

मृत्युअघि हात हल्लाउँदै आमासँग बिदा मागेको दुई वर्षीय बालककाे तस्वीरले पायो अवार्ड

`

     २०७६ माघ २६ गते १:५८

काठमाडौं, २६ माघ । हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे। नभेष काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्।

समाचार संस्थासँग कुरा गरेर उनले रौतहटका दुईवर्षीय बालक बजरंगीको फोटो कथा बनाउन थाले। यसबाट बालकको जीवनमा पनि केही सहयोग पुर्यारउने उनको आशा थियो। उनले बालकको घरसम्मको यात्रा तय गरे। पहिलो भेट भएको झन्डै तीन सातापछि घरमै पुगेर कथाका लागि विभिन्न कोणबाट तस्बिर खिचे।

प्रकृतिले अर्कै कथा रच्यो। उपचारका लागि सहयोग जुटाउने तयारी गर्दैगर्दा उपचार नपाएर बालकको २०७६ जेठ २६ गते मृत्यु भएको खबर नभेषले पाए। अनि उनी फेरि रौतहट पुगे। जीवन जोगाउन हिँडेका उनी चिहानको तस्बिर खिच्दै राजधानी फर्के।

बालकले नभेषको मन छोइसकेको थियो। ‘केही दिनको घुलमिलले मलाई बालक र उसको परिवारको माया लाग्न थालेको थियो,’ उनले भने, ‘तस्बिरको पात्रसँगको यति बढी लगाव यसअघि कहिल्यै भएको थिएन।’

advertisement

यत्तिकैमा फोटो पत्रकारको संगठन पिजे क्लबको फोटो प्रतियोगिता सुरु भयो। उनले सोचे– यसमै यो बालकको कथा राख्नेछु। तस्बिरले केही जिते त्यही बालकको परिवारलाई दिने सोचका साथ उनी प्रतियोगितामा सामेल भए।

नभन्दै यही तस्बिरले नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि जित्यो। शुक्रबार राजधानीमा आयोजित विजेता घोषणा कार्यक्रममा फोटो पत्रकार नभेषको फोटो फोटो अफ दी इयर ०७६ घोषित भयो। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?