बाजुरा, २५ माघ । बाजुरामा भाइरल ज्वरोले दुई जनाको ज्यान गएको छ। स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोबाट –१ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्यान गएको हो । गाउँका अधिकांश मानिस बिरामी रहेको बताइएको छ ।
साता अघि हिमाली गाउँपालिका –६ धुलाचौरमा तीन जना विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोले सो क्षेत्र पूरै प्रभावित भएको बताइएको छ । भाइरल ज्वरो प्रभावित क्षेत्रका लागि साप्पाटा स्वास्थ्य चौकीबाट जोरुमा औषधिसहित स्वास्थ्य चौकीको टोली पठाइएको छ ।
त्यसैगरी, भारी हिमपातले अत्याधिक चिसो बढेपछि हुम्ला सिमकोट गाउँपालिका वडा नं ८ स्याडाका ३ सय ६५ स्थानीय बिरामी परेका छन् ।




