advertisement

नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नम्वर ११ मा सेनेटरी प्याड बनाउने उद्योग संचालनका लागि नगरपालिकाले समेत सहयोग गरेकाले नगरपालिकाको तर्फबाट अहिले धुलिखेलकै केहि विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकाले थप विद्यालयमा अध्ययन गर्ने छात्राहरुका लागि नगर तथा प्रदेश सरकारको तर्फबाट तत्काल उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । यो खबर नेपाल समाचारपत्रमा  छ ।

" /> मेयर साप ! सेनेटरी प्याड कहिले आउँछ ? - Sarbocha Media

मेयर साप ! सेनेटरी प्याड कहिले आउँछ ?

`

     २०७६ माघ २३ गते २:२२

काभ्रे, २३ माघ । देवीटार माध्यमिक विद्यालय धुलिखेल नगरपालिका वडा नम्वर १ को कक्षा ८ मा अध्ययनरत छात्रा जस्मीन तामाङले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुसँग छात्राहरुले प्रयोग गर्ने सेनेटेरी प्याड विद्यालयमा आईपुग्ने समय सोध्नु भयो रु ‘मेयर साप १ हामीलाई सरकारले दिने भनेको सेनेटरी प्याड कहिले आईपुग्छ रु’–जस्मिनले सोध्नु भयो ।

धुलिखेल नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा प्रश्न गर्दै जस्मिनले महिनावारी हुँदा भएको समस्या र त्यसले पारेको असरसँगै सरकारले उपलब्ध गराउने भनेको सेनेटरी प्याड उपलब्ध नभएकाले नगर प्रमुख ब्याञ्जुसँग प्रश्न गरेको बताउनु भयो ।

advertisement

नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नम्वर ११ मा सेनेटरी प्याड बनाउने उद्योग संचालनका लागि नगरपालिकाले समेत सहयोग गरेकाले नगरपालिकाको तर्फबाट अहिले धुलिखेलकै केहि विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकाले थप विद्यालयमा अध्ययन गर्ने छात्राहरुका लागि नगर तथा प्रदेश सरकारको तर्फबाट तत्काल उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । यो खबर नेपाल समाचारपत्रमा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?