advertisement

५७ रन हुँदा पाँचौं सफलता हात पारेको नेपालले छैटौं सफलता हात पार्न भने केही समय कुर्नुपरेको थियो । ओमानका मोहम्मद नदीम र सन्दीप गौडले ६१ रनको साझेदारी गर्दै सय रन कटाएका थिए ।

" /> आईसीसी विश्वकप लिग क्रिकेट–२ : सुशनको उत्कृष्ट डेब्यू - Sarbocha Media

आईसीसी विश्वकप लिग क्रिकेट–२ : सुशनको उत्कृष्ट डेब्यू

`

     २०७६ माघ २२ गते ७:१२

काठमाडौं, २२ माघ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग क्रिकेट–२ मा नेपालका युवा खेलाडी सुशन भारीले सनसनीपूर्ण डेब्यू गरेका छन् ।

भारीले १० ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट हात पारे । नेपालका लागि सुरुका दुई सफलता करण केसीले दिलाएका हुन् भने तेस्रो सफलता रन आउट गर्दै दीपेन्द्रसिंह ऐरीले दिलाएका थिए । चौथो, पाँचौं र छैटौं विकेट सुशन भारीको नाममा रह्यो ।

advertisement

५७ रन हुँदा पाँचौं सफलता हात पारेको नेपालले छैटौं सफलता हात पार्न भने केही समय कुर्नुपरेको थियो । ओमानका मोहम्मद नदीम र सन्दीप गौडले ६१ रनको साझेदारी गर्दै सय रन कटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?