पर्सा, २२ माघ । वीरगञ्जको अमृत प्लाष्टिक उद्योगमा आगलागी हुँदा मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान नष्ट भएको छ।
वीरगञ्ज महानगरपालिका–१४ मा रहेको उद्योगमा बुधबार बिहान लागेको थियो । उक्त आगो साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले जनाए ।

६ वटा दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीयले आगोलाई नियन्त्रणमा लिएको बताइएको छ। आगो कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।




