सप्तरी, २२ माघ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । सप्तरीको राजविराज नगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वडाध्यक्षयादवलाई व्यक्ति हत्या गरेको आरोपमा नियन्त्रण्नमा लिएको बताइएको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।




