काठमाडौं, २२ माघ । आइसीसी विश्वकप क्रिकेट लिग– २ त्रिकोणात्मक सिरिज आजदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुँदै छ ।
बुधबार सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र ओमान खेल्दैछ । खेल बिहान ९ बजेर ३० मिनेटमा सुरु हुनेछ । नेपालको विश्वकप लिग–२ मा यो पहिलो खेल हो ।
उक्त प्रतियोगितामा राष्ट्र सहभागी छन् । शीर्ष तीन टोलीले सन् २०२२ मा हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउने छन् भने पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

सबै टोलीले होम, अवे र न्यूटल भेन्यू गरि एक टोलीले तीन वर्षको अवधीमा कुल ३६ ओडीआई खेल खेल्नेछन् । एक दिवशीय मान्यता पाएको दुई बर्षपछि नेपालले घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्न लागेको हो ।
नेपालको ओपनिङ पारस खड्का र ज्ञानेन्द्र मल्लले गर्ने छन् । त्यस्तै शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, रोहित कुमार पौडेल र कुशल मल्ल नेपालका प्रमुख ब्याट्सम्यान हुन् । ।




