advertisement

सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

" /> कोरोना रोकथामकाे लागि ३०० शय्याको छुट्टै अस्पताल बनाउँदै - Sarbocha Media

कोरोना रोकथामकाे लागि ३०० शय्याको छुट्टै अस्पताल बनाउँदै

`

     २०७६ माघ २२ गते १:५६

काठमाडौं, २२ माघ । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी ३०० शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए । उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए ।

advertisement

सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?