advertisement

संसदको महिला तथा सामाजिक विकास समिति सभापतिसमेत रहेकी पालले गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र कर्णालीका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ जानकारी दिइन्।

यसअघिको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए।

" /> छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन छाउगोठमा बसेर देखाउन सांसद पालको चुनौती - Sarbocha Media

छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन छाउगोठमा बसेर देखाउन सांसद पालको चुनौती

`

     २०७६ माघ २१ गते १०:०२

काठमाडाैं, २१ माघ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका छाउगोठ भत्काएको विरोध गर्नेहरूलाई नेकपा सांसद निरुदेवी पालले एक दिन छाउगोठमा बिताउन चुनौती दिएकी छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसद पालले सुदूरपश्चिम र कर्णालीका छाउगोठ भत्काउने अभियान संचालन गरेर गृहमन्त्रालले राम्रो काम गरेको बताइन्। छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन उनले चुनौती दिइन्।

‘डलर खेती गर्नेहरूको टाउको दुखाई गर्नु स्वभाविक हो किनभने घरहरू देखाएर आयस्रोत बटुल्ने प्रयास थियो,’ उनले भनिन्, ‘त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाई हुनुहुन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्दछु। सुदूरपश्चिम र कर्णालीकाले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

advertisement

संसदको महिला तथा सामाजिक विकास समिति सभापतिसमेत रहेकी पालले गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र कर्णालीका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ जानकारी दिइन्।

यसअघिको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?