धनगढी, २१ माघ । अछामका पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत अवस्थामा भेटिएका छ । वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् ।
वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । आफन्त र स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। के कारणले उनको मृत्यु भयो यस विषयमा भने अहिलेनै खुलिनसकेको प्रहरुले जनाए ।




