advertisement

‘यात्रुको चाप बढ्दै गए दैनिक रुपमा जहाज उडाउँछौँ,’ बरालले भने, ‘आवश्यकता अनुसार ठूला जहाज पनि चलाउन सक्छौं।’ पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहने उनले बताए।

नेपाली र भारतीय यात्रुलाई जहाज भाडा ६ हजार २ सय रुपैयाँ तोकिएको छ भने विदेशीका लागि १ सय ३० डलर तोकिएको छ। बिराटनगरबाट पहिलो पटक पोखरा आएका यात्रुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरामा स्वागत गरेका थिए ।

" /> बुद्ध एयरले थाल्यो पोखरा-बिराटनगर उडान - Sarbocha Media

बुद्ध एयरले थाल्यो पोखरा-बिराटनगर उडान

`

     २०७६ माघ २० गते २:४२

विराटनगर, २० माघ । बुद्ध एयरले पोखरा–बिराटनगर उडान थालेको छ। बुद्ध एयरको १८ सिटे नाईन एनएई डब्लु जहाजले सोमबार बिराटनगरबाट पहिलो पटक पोखरा उडान भरेको हो।

अबदेखि हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रबार पोखरा– बिराटनगर जहाज सेवा सञ्चालन गर्ने बुद्ध एयरका पोखरा स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

उनका अनुसार पोखराबाट बिहान ११ः ४५ बजे बिराटनगरका लागि जहाज उड्नेछ भने बिराटनगरबाट दिउँसो १ः२० बजे पोखराका लागि छुट्नेछ।

advertisement

‘यात्रुको चाप बढ्दै गए दैनिक रुपमा जहाज उडाउँछौँ,’ बरालले भने, ‘आवश्यकता अनुसार ठूला जहाज पनि चलाउन सक्छौं।’ पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहने उनले बताए।

नेपाली र भारतीय यात्रुलाई जहाज भाडा ६ हजार २ सय रुपैयाँ तोकिएको छ भने विदेशीका लागि १ सय ३० डलर तोकिएको छ। बिराटनगरबाट पहिलो पटक पोखरा आएका यात्रुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरामा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?