चितवन, २० माघ । नारायणगढ– मुग्लिन सडकको पुलबाट ट्रक खस्दा चालक गम्भीर घाइते भएका छन् । चामल बोकेर काठमाडौं जाँदै गरेको ट्रक खसेको हो ।
लु १ ख ६३४८ नम्बरबो ट्रक सोमबार बिहान साढे सात बजेतिर खसेको बताइएको छ । टायर पन्चर भएपछि ट्रक पुलबाट झण्डै ४० मिटर तल खसेको मुग्लिन इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका उनी नवलपरासी सुनवल घर भएका चालक शेरबहादुर गुरूङ रहका छन् । घाइते भएका उनी भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।




